साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । आइतबार राति भएको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।
खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उनले चार चौका र ३ छक्का हिर्काए ।
ओपनर पृथ्वी शले ४३ रन तथा मिचेल मार्सले १८ रनको योगदान दिए । चेन्नईका लागि मथिसा पथिरानाले ३ तथा मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए ।
यो सिजन दिल्लीको यो पहिलो जीत हो भने चेन्नईको पहिलो हार । ३ खेलबाट ४ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा दोस्रो स्थानमा छ । २ अङ्कसहित दिल्ली सातौँ स्थानमा सीमित छ ।



















