काभ्रे । गायक विश्वराम कार्कीले नयाँ गीत ल्याएका छन् । ‘कतिन्जेल बस्नु’ बोलको गीतको भिडियो उनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा शब्द र संगीत पनि उनकै रहेको छ । संगीत संयोजन जिवन बडुले गरेका हुन् । दिनेश डाँगीको निर्देशन रहेको भिडियोमा गायक कार्कीसँगै मोडल सन्चिता शाहीलाई देख्न सकिन्छ ।
साथै भिडिओमा हेन्सी रिदम क्षेत्रीको पनि अभिनय रहेको छ । डेनिश खनालको छायांकन रहेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।
हेर्नुस् भिडियो :



















