नेपालले भारतमा बरोडासँग खेल्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ मा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ ।
नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा महत्वपूर्ण हुनेछ । ओपनर कुशल भुर्तेल, कुशल मल्ल, अनिल कुमार शाह र रोहित पौडेल शीर्ष चार ब्याटर हुन् । यी मध्य एकले ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।
नेपालको ब्याटिङमा गहिराइ छ । सन्दीप जोरा, दीपेन्द्र, गुलशन झा, करण र सोमपालले तल्लोक्रम सम्हाल्न सक्छन् । पहिलो खेलमा बेन्चमा रहेका ललित राजवंशी, प्रतिश जि.सी, विवेक यादव र आकाश चन्दलाई नेपालले मौका दिएको थियो ।