‘काठमाडौँमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायक तुलसी सिवाकोटीले नयाँ गीत ‘काठमाडौँमा’ ल्याएका छन् ।

गीतमा शब्द, सङ्गीत दीपक शर्माको रहेको छ भने नरेन्द्र वियोगीले गीतमा सङ्गीत संयोजन गरेका छन् । विशेषत सुदूरपश्चिम र कर्णालीबाट काठमाडौँको जीवन शैलीलाई नियाल्न खोजिएको गीतमा नेपाली ठेट शब्द र लयलाई प्रयोग गरिएको छ ।

गायक सिवाकोटी र रोशनी कार्कीको अभिनय रहेको भिडियो गायक सिवाकोटीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । उत्तम हुमागाईंको छायाङ्कन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस