लाङटाङ भ्रमणमा गएका बेलायती पर्यटक मृत भेटिए

काठमाडौं ।  रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक पर्यटकको मृत्यु भएको छ ।

लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो । पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए ।

पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पु¥याउँदा चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस