सोमबार, बैशाख ०७, २०८३
प्रहरीका दुईजना डीएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षकहरू (डिएसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा गरेका हुन् ।

लागू औषध नियन्त्रण ब्युरो कार्य शाखा कोटेश्वरमा कार्यरत रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखाका घिमिरेलाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गण, काठमाडौँमा सरुवा गरिएको हो ।

केही दिन अघि भएको बढुवासँगै रिक्त हुन आएको पदमा सरुवा गरिएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय