रौतहट । जिल्लाको उत्तरीभेग गुजरा नगरपालिकास्थित जंगलासैयामा आज बिहान ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
धनसारबाट जंगलसैया तर्फ जाँदै गरेको ना ७ त ७५७ नम्बर को धान काट्ने ट्रेक्टरले गुजरा ४ मुस्लिमटोलमा साइकलबाट बाटो काट्ने क्रममा ठक्कर दिँदा १३ वर्षीया शेष सहनवाज टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते बालकलाई तत्काल उपचारका लागि चन्द्रपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएपछि पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर आवतजावत बन्द गरेका छन्।
हाल घटनास्थल जंगलसैयामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर श्रीराम तिमल्सिनाले पीडित परिवारसँग दोषीलाई कारवाही र कानुन अनुसार क्षतिपूर्ति दिने सर्तमा सहमति गरिएको बताए ।



















