सोमबार, बैशाख ०७, २०८३
जङ्गलमा आगो लगाउने मानिस काभ्रे प्रहरीको फन्दामा

काभ्रे । प्रहरीले वन जङ्गलमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर-११, तर्किनटार बस्ने मैते तामाङलाई नियन्त्रणमा लिईएको काभ्रे प्रहरीले जनाएको छ ।

मैते तामाङले आफ्नो पाखामा आगो लगाउँदा नजिकैको जङ्गलमा समेत आगो लाग्न गई आगोले चाखोलाबाट त्यस जंगल हुदै लिएर आएको काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिचाइ परियोजनाको सोलारको तार, खानेपानी र सिँचाइको कालो पाइप त्यस जंगलमा पर्ने तार र पाइपहरु ५० मिटर जतिको बीचको भाग जलि नष्ट भएको काभ्रे प्रहरीले जनाएको छ ।

आगो लगाएका तामाङ लाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको काभ्रे प्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय