सम्पती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सम्पती शुद्धिकरण र गोएमल सम्बन्धी तालिम सम्पन्न भएको छ ।

काभ्रे जिल्लामा संचालित सहकारी संस्थाहरूका संचालक र कार्यान्वयन अधिकारीहरूका लागि लक्षित गरी तालिमको आयोजना गरिएको थियो ।

काभ्रेको होटल उग्रचण्डीमा संचालित २ दिने तालिममा जिल्लामा संचालित २८ सहकारी संस्थाका ४० जनाको सहभागिता रहेको जिल्ला बचत संघका तालिम अधिकृत रवि केसीले जानकारी दिए । तालिममा नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस