काभ्रेको रोशीमा भेटिएको सकेट बम डिस्पोज

काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नम्बर-५ स्थित एक घरमा फेला परेको चारवटा सकेट बम नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज)पारेको छ ।

गएराति रोशी गाउँपालिका-५ नागबेलीका ठाकुरानी तामाङको घरमा अपरिचित समूहले राखेको बम नेपाली सेनाको टालीले शुक्रबार निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।

राति झण्डै २० जनाको समूहमा गएका व्यक्तिले तामाङको बगैँचाको एउटा बोधिचित्तको रुख पनि काटेका थिए।

उनीहरुले वार्षीक करोडौँ रुपैयाँ आम्दानी दिने बोधिचित्तको रुख काटेका प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस