पुण्यश्वर सहकारीका प्रमुख काभ्रे प्रहरीको नियन्त्रणमा

काभ्रे । पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी निर्देशक कुमार गौतमलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाहि प्रकृया अगाडि बढाएको छ ।

रामेछाप जिल्ला सुनापाति गाउंपालिका वडा नं १ घर भई हाल काभ्रे जिल्ला बनेपा नगरपालिका वडा न. ७ बस्ने डम्बर प्रसाद गौतमको छोरा बर्ष ३४ को कुमार गौतमलाई पक्राउ गरी आवश्यक कानुनि कारवाही प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरीका अनुसार पुण्यश्वर बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी निर्देशक गौतमलाई ठगि सम्बन्धि कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा काठमाण्डौ मुलपानि बाट पक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस