काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाउने निर्णय गरेको हो ।
निगम सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।
हेर्नुहोस् मूल्यवृद्धि सम्बन्धी सूचना :




















