मंगलबार, बैशाख ०८, २०८३
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना: ३ जनाको मृत्यु,  ३२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-४ स्थित पिस्कर जान लागेको जन्ती बस बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए ।

घटनास्थलमै रहेका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले ३२ जना घाइते भएको बताए । उनका अनुसार ३२ जना घाइते छन् । गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ । दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको बताए ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय