मंगलबार, बैशाख ०८, २०८३
भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

भक्तपुर । जिल्लामा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय