राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा भेटवार्ता शुरु भएको छ ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।

भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका थिए।  राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुगेका हुन् ।  कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस