काभ्रेमा नयाँ सदस्यता दिन माग गर्दै पत्रकार महासंघलाई ज्ञापनपत्र

काभ्रे । जिल्लामा कृयाशिल सञ्चारकर्मीले नयाँ सदस्यता स्विकृत गर्न माग गर्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई ज्ञापनपत्र बुझाएका छन् ।

१ बर्षअघि सदस्यता आव्हान गर्दा सबै प्रकृया पुरा गरेर आवेदन दिएका कृयाशिल सञ्चारकर्मीको हालसम्म पनि सदस्यता स्विकृत नभएको भन्दै पत्रकारहरुले शाखामार्फत प्रदेश र केन्द्रीय समितिको ध्यानाकर्षण गराएका हुन् ।

नयाँ सदस्यता संघर्ष समिति, काभ्रेको तर्फबाट २० जनाको हस्ताक्षरमा महासंघ अध्यक्ष बद्रिराज तिमल्सिनालाई बुझाइएको पत्रमा नयाँ सदस्यताको सवाललाई महासंघले ध्यान नदिएको, वेवास्ता गरेको आरोप लगाइएको छ ।

नयाँ सदस्यताको टुंगो लगाएर मात्रै महासंघको साधारणसभा लगायत अन्य गतिविधि अघि बढाउन माग गर्दै उनीहरुले त्यसो नगरिए कार्यालयमा तालाबन्दी गर्नुका साथै साधारणसभा बिथोल्नेसम्मको चेतावनी दिएका छन् ।

महासंघ अध्यक्ष बद्रिराज तिमल्सिनाले सदस्यता नपाएका कृयाशिल पत्रकारलाई कुनै विभेद नगरीको बताउँदै बैठक बस्न नसक्दा सदस्यताबारे निर्णय लिन नसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस