काभ्रेको धुलिखेलमा ट्रक दुर्घटना, पाँच जना घाईते

काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका-७ स्थित बेईजिङप्लानमा महेन्द्र निशान ट्रक दुर्घटना हुँदा ५ जना घाईते भएका छन्

घाईते हुनेहरुमा काभ्रे नमोमुद्ध नगरपालिका-६ खाक्सि बस्ने चालक ५६ बर्षका ईन्द्र बहादुर तामाङ, नमोमुद्ध नगरपालिका-६ बस्ने ६३ वर्षिय गंगा बहादुर तामाङ, निजकै श्रीमति बर्ष ४३ की मिच्याउ तामाङ र नमोमुद्ध नगरपालिका-६ बस्ने बर्ष ६५ को पञ्चलाल तामाङ रहेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

बेईजिङप्लान नजिकै बि.पि राजमार्गमा काभ्रेभन्ज्याङबाट धुलिखेल आउदै गरेको बा ३ क २९३ नं. को महेन्द्र निशान ट्रक आफै अनियन्त्रि भई सडक बाट १०० मिटर तल खसी दुर्घटना भएको हो ।

घाईतेहरुलाई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको गाडी घटना स्थलमा नै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस