सोमबार, बैशाख ०७, २०८३
रौतहटमा सवारी दुर्घटना: १ बर्षमा ४१ को मृत्यु

रौतहट । रौतहटमा १ बर्षको समयमा सवारी दुर्घटनामा परेर ४१ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्यामा कमी आएको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको बिभिन्न स्थानमा भएका ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा रौतहटमा ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार गत आर्थिक वर्ष २०८० र ८१ मा ४१ को मृत्यु भएको र नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन कारवाहीमा परेका छ्न । नियम विपरित चलाईएका सवारीसाधनको कारबाहीबाट १ करोड ५० लाखभन्दा बढी  राजश्व संकलन भएको छ ।

गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कारबाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय