मंगलबार, बैशाख ०८, २०८३
काभ्रेको रोशी-१० मा निःशुल्क शिक्षा लागू घोषणा

काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. १० मा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको छ । बुधबार गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यतामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा भएको हो ।

उक्त घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले शिक्षामा संबैधानिक व्यबस्था कार्यन्वयनको अवस्थामा रहेको बताए । अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा उल्लेख भएबमोजिम सरकारको तर्फबाट गर्नुपर्ने कुराहरू सरकारले गर्नुपर्ने र अभिभावकले गर्नुपर्ने कुराहरू अभिभावकले गर्नुपर्ने लामाले बताएका छन् ।

‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा विविध कुराहरू उल्लेख गरिएको छ । बालबालिकाको पहुचमा विद्यालय नभएमा सरकारले व्यवस्था गर्नुपर्छ, गर्छ र अभिभावकले गर्नुपर्ने कुराहरुपनि अभिभावकले गर्नुपर्यो ।’ उनले भन ।जेठको तेस्रो सातासम्ममा गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गर्ने कार्यबिधी तय गरेर अगाडि बढेको लामाको भनाइ छ । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणापश्चात् विद्यालयहरुले कुनैपनि बहानामा कुनैपनी शुल्क लिन नपाउने लामाले जोड दिए । ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू घोषणा भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार २०७६ सालदेखि २०८५ सालसम्ममा शिक्षालाई सवलीकरण गर्नको लागि नेपाल सरकारले सार्वजनिक शिक्षा सवलीकरण दर्शण भोषणा गरेको छ । संवैधानिक व्यवस्थामा अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था रहेको उनले बताए । त्यसलाई कार्यान्वयनका लागि अनिवार्य तथा निःशुल्क शिक्षा लागु घोषणा गरेको तामाङले जानकारी दिए । ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिका अर्थात आधारभूत शिक्षा अनिवार्य र निशुल्क गर्नुपर्ने तामाङको भनाई छ ।

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यान्वयनका लागि नेपाल सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५, अनिवार्य तथा निःशुल्क शिक्षा नियमावली २०७७ र राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए । सोही अनुसार रोशी गाउँपालिकाले पनि शिक्षा नीति २०८० पारित गरेको उनले बताए ।

वडा नं. १० भित्र रहेका ५ वटा विद्यालयबाट समुदायमा सर्बोक्षण गरि सबै बालबालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको एकिन गरेको थियो । सो वडाको ५ सय ४९ घरधुरीमा ६ सय ३५ बलबलिका रहेकोमा सबै विद्यालय जानेगरेको सर्वोक्षणले देखाएको छ । जसमा ४ देखि १३ बर्षसम्मका ४६७ जना र ० देखि ४ बर्षसम्मका १६८ जना बालबालिका रहेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय