काभ्रेली मिडियाकर्मी मनोज बस्नेत अन्तराष्ट्रिय अवार्डबाट सम्मानीत

काभ्रे । मिडियाकर्मी मनोज बस्नेत युनेस्को युथ पिस एम्बेसडर अवार्डबाट सम्मानित भएका छन् । अमेरिकाको लसएन्जल्समा आयोजित १८ ओैं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको बिशेष समारोहमा बस्नेत सम्मानित भएका हुन् ।

गैरनाफामुखी संस्थाको रूपमा अन्तराष्ट्रिय रूपमा काम गरिरहेका Youth’s UNESCO Club, USA, American University of Sovereign Nations, USA, Eubios Ethics Institute (New Zealand and Japan), Philippine Association of Extension Program Implementers, Inc (PAEPI) philippines, St. Paul’s University Quezon City (SPUQC) philippines, Youth Looking Beyond Disaster (LBD), Youth Peace Ambassadors International (YPA), The World is Just a Book Away (WIJABA, USA and Indonesia), Maritime Academy of Asia & the Pacific (MAAP) ले संयुक्त रूपमा २०२४।२५ का लागि युनेस्को युथ पिस एम्बेसडर अवार्ड बस्नेतलाई प्रदान गरेको छ ।

बस्नेतले राष्ट्रिय मिडियाहरुमा जिल्ला तथा केन्द्रस्तरमा रही लामो समयको सशक्त रिपोटिङ पछि संचार क्षेत्रको व्यवसायीक पाटोको जिम्मेवारीमा छन् । मिडियामा रही बस्नेतले युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिएका हौैं । अवार्ड प्रदान गर्दै अमेरिकी यूनिभर्सिटी सोभर नेशन युएसएका प्रेसिडेन्ट प्रो ‍‍डा ड्यालरले भने आगामी दिनमा उनी अझै युवा र शान्तिका लागि योगदान गर्नेछन् । सन् २०११ बाट बिभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई हरेक बर्ष यो अवार्ड दिदै आईरहेको छ ।

हाल सम्म ६५ देशका ब्यक्तिहरू यो उपाधि ग्रहण गरिसकेका छन् । यो अवार्डसंगै अब उनीहरूले अन्तराष्ट्रिय फोरमहरू पाउनेछन् । युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने संसारभरबाट बिभिन्न बिधामा रही युवा र शान्तिका लागि योगदान पुर्याउने सयौबाट बस्नेत अवार्डका लागि योग्य ठहराई एम्बेसडर प्रदान गरेका हौं ।मिडियामा युवा र शान्ति बिधाबाट उनलाई छनोट गरिएको उनको भनाई थियो । रिपोर्टर हुदै मिडिया म्यानेजर बनेका बस्नेत बिगत १७ बर्षदेखि मिडियामा आवद्व छन ।

मोफसलबाट पत्रकारिता शुरु गरेका बस्नेतको पत्रकारिताको शुरुवाती चरण नै विशेष थियो । निपूर्णता प्रदशर्न गरेकै कारण छोटो अवधिमै राष्ट्रिय स्तरका मिडियामा प्रभुत्व जमाउन सफल बस्नेत रिपोर्टिङका अलावा मिडिया व्यवसायमा समेत अब्बलता प्रर्दशन गर्न सफल बने । यस थुप्रै पुरस्कारबाट पुरस्कृत भइसकेका बस्नेत हालकान्तिपुर मिडिया ग्रुपको बिक्रीबितरण, प्रेस तथा रिजनल बिभागको प्रमुखको रूपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस