कक्षा १२ को परीक्षा: काभ्रेबाट ५ हजार २ सय ९४ विद्यार्थी सहभागी

काभ्रे । आजबाट शुरु भएको कक्षा १२ को परीक्षामा जिल्लाबाट ५ हजार २ सय ९४ विद्यार्थी सहभागि भएका छन् । नियमित तर्फ ४ हजार ९ सय ४६ र ग्रेडबृद्धी तथा आंशिकमा ३ सय ४८ विद्यार्थी सहभागिताका लागि परिक्षा फाराम भरेका थिए ।

परीक्षामा ९२ विद्यालयका विद्यार्थीहरुका लागि २३ वटा परीक्षा केन्द्र छन् । अघिल्लो शैक्षिक सत्रमा बनेपाको बेलर स्कुलको केन्द्र बनेपाको चैतन्य मा.वी.मा परेको थियो । यो वर्ष धेरै विद्यार्थी र फर्निचर लगायतको सहजताका लागि धुलिखेलको सञ्जिवनी मा.वी.मा परेको छ ।

संजिवनी मा.वी.मा केन्द्र रहेको निष्ट कलेज बनेपाको चैतन्य मा.वी.मा परेको छ । यस अघि बेथानचोक गाउँपालिकामा रहेको सरस्वती मा.वी भुग्देउका विद्यार्थीका लागि कृष्णगोपाल मा.वी तोकिएको छ । अघिल्लो वर्ष कक्षा १२ मा जिल्लाबाट ५ हजार २ सय ७७ जना परीक्षामा सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस