बिहिबार, आषाढ ०४, २०८३
काभ्रेको पनौतीमा रहेको मुक्तिनाथ मन्दिरमा दोस्रो ब्रम्होत्सव हुँदै

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं ५ बाँसघारीमा अवस्थित श्री मुक्तिनाथ मन्दिरमा दोस्रो ब्रम्होत्सव हुने भएको छ ।

बैशाख १७ गते देखि ३ दिन सम्म श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानकाे द्वितीय ब्रम्होत्सव धार्मिक अनुष्ठान हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार १७ गते विष्वक्सन आरधना, पुण्यवाचन, ब्रह्मणवरण, अङ्कुरोहण, द्वरतोरहण पूजा अग्नि प्रतिष्ठा, ध्वजारोहण, १८ गते नित्य पूजा आरधना श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको बाजागाजा साथ यात्रोत्सव( नगरपरिक्रमा) १९ गते महापूर्णाहुती श्रीमुक्तिनाथ भगवानको १०८ कलशद्वारा महाभिषेक तथा कल्याण उत्सव हुने श्री मक्तिनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष कुमार थापाले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय