काभ्रेका सामुदायिक वनमा आगो सल्काउने पाँच जनालाई मुद्धा

धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेले एक महिनामा आगलागीका घटनामा संम्लग्न पाँच जनालाई पक्राउ गरेको छ ।

आगलागीका घटनामा बृद्धि हुन थालेसँगै प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०८० चैत्र २८ गते मण्डनदेउपुर नगरपालिका वडा नं ११ जैसिथोकका ३१ बर्षका मैते तामाङलाई नियन्त्रणमा लिएको थियो ।

तर्किनीटारको सामुदायिक वनमा आगो लगाएर सिंचाईको पाईप लाइन नै जलेपछि उनलाई जिल्ला वन कार्यायले मुद्धा लगाएको हो ।

चैत्र २८ गते नै पाँचखाल नगरपालिका वडा नं ५ मा रहेको रातेमाटे सामुदायिक वनमा आगो लगाएको भन्दै प्रहरीले पाँचखाल–५ का विकास भुजेल, सविन सुनारलाई नियन्त्रणमा लिएको छ । दुवै जनालाई जिल्ला वन कार्यायले मुद्धा लगाएको छ ।

आफ्नो बारीमा लगाएको आगो फैलिएर जङ्गलमा छिरेपछि नमोबुद्ध नगरपालिका वडा नं १ को ८० बर्षिया आईतीमाया तामाङलाई प्रहरीले सम्झाएर छाँडेको छ । उहाँको नियम आगो फैलाउने नदेखेपछि प्रहरीले उहाँलाई सम्झाएर छाडेको हो ।

चौरी देउराली गाउँपालिका वडा नं ६ को आरुबोट सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले सोही स्थानका ४९ बर्षका लालकुमार सेन ठकुरीलाई मुद्धा चलाएको छ ।

मुद्धा लागेका सबैले आफ्नो खोरिया बारीमा असावधानीपूर्वक आगो बाल्दा जङ्गलमा फैलिएको उल्लेख गरेको जिप्रका काभ्रेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस