काभ्रेको धुलिखेलमा सूचनाको हकबारे कार्यशाला

काभ्रे । अकाउन्टविलिटी ल्याब नेपालले नेपाल पत्रकार महासंघ, सञ्चारिका समुहसँगको सहकार्यमा बागमती प्रदेशका युवाहरूसँग सूचनाको हक र यसकोे प्रयोग, प्रभाव र कानुनी पक्ष बारे तीन दिने कार्यशाला आयोजना गरेको छ ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा भएको कार्यशालामा तीसभन्दा धेरै युवाको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक शुभेच्छा चापागाईले सूचनाको अधिक उपयोग गर्न र सूचनाको हकबारे आम नागरिकलाई युवा मार्फत जानकारी दिने उदेश्यले कार्यशाला आयोजना गरेको उल्लेख गरे ।

उनले बागमती प्रदेशका युवालाई खुल्ला आब्हान मार्फत छनौट गरिएका युवालाई कार्यशालामा सहभागी गराइएको थियो । सूचनाको हकलाई संस्थागत गर्न र नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न सूचना अधिकारीको भूमिका निकै महत्वपूर्ण भएकाले कार्यशालामा सहभागीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेको अवलोकन भ्रमण तथा अन्तरकृया गराइएको थियो ।

सहभागी युवाहरुलाई सूचनाको हकको प्रयोग, चुनौती र अभ्यासको व्यवहारिक पाटोको बारेमा अन्तरकृयामा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचनाको हक कार्यान्वयन गराउन काभ्रेमा रहेका सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था गरिएको जानकारी दिए ।

उनले मासिक रुपमा सूचना अधिकारीको बैठकमा प्रगति विवरण पेस गर्ने गरिएको उल्लेख गरे । सोही अवसरमा सहभागी युवाले सूचना अधिकारीले खेल्ने भुमिकाको बारेमा प्रष्ट पारेका थिए ।

अन्तरकृयामा काभ्रेका सहायक प्रजिअ तथा सूचना अधिकारी सुवास पौडेलले आम नागरिकले चाहेको सूचना समयमै उपलब्ध गराउने जानकारी दिए । कार्यशालामा विज्ञहरुले सूचनाको हक, सूचना कसरी लिने र युवाको भुमिका कस्तो रहन्छ भन्ने बारेमा कार्यपत्र पेस गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस