काभ्रे । पछिल्लो समय केही महिनादेखि देशका विभिन्न जिल्लाका सामुदायिक एवं नीजि वन क्षेत्रमा आगलागी भइरहेको छ । कतिपय स्थानमा ठूलो जनधनको क्षति भएको छ । आगलागीका कारण बातावरणीय प्रदूषण बढ्दा विरामीको सङ्ख्या बढिरहेको तथ्याङ्क सार्वजिनक भइरहेका पनि छन् । सरकार आगजनी नियन्त्रणमा प्रयासरत देखिएपनि पर्याप्त भने छैन ।
गृह-मन्त्रालय आगलागी नियन्त्रणको वैकल्पिक उपाय खोज्ने जनाउँदै आएको छ तर हजारौँ हेक्टर जंगल बिनास भइरहँदा एउटा पनि वैकल्पिक उपाय निकाल्न सकेको छैन । कतिपय स्थानमा आगो निभाउन लागेका व्यक्ति तथा सुरक्षाकर्मीको ज्यानसमेत गएको छ । यसप्रति सरकार उदासिन भएको पाइएको छ । नागरिक आगलागीको क्षतिको बिवरण सुनेर सरकारप्रति वृतृष्णा देखाउँदैछन् ।
आगलागीबाट काभ्रे पनि अछुतो रहेन । विगत बर्षको तुलनामा जिल्लामा आगलागीका घटना बढिरहेको सरोकारवाला निकायले जनाउँदै आएका छन् । जिल्लास्थित विपद् ब्यवस्थापन समिति पनि बैठकमा सिमीत भएको पाइन्छ । एक दुई घटनामा राहतबाहेक कुनै पनि क्रियाकलापमा अघि सरेको पाईंदैन । स्थानीयस्तरमा गठिन विपद् ब्यवस्थापन समिति पनि विपद्जन्य घटनामा खासै परिचालित भएको पाइंदैन ।
जसका लागि लाखौँ खर्चिएर तालिमलगायत सामग्री ब्यवस्थापन गरिएका थिए । आगलागी हुँदा सुरक्षाकर्मी र स्थानीयबाहेकको संयन्त्र संलग्न भएका छैनन् । जिल्लाका सबै स्थानीय तहमा दमकल नहुँदा थप समस्या सिर्जित भएको छ । भएको दमकल पनि मर्मत नुहँदा बर्षैँदेखि थन्किएका छन् ।
विहीबार पाँचखाल नगरपालिका–५ स्थित जंगलमा आगलागी भई दुई घण्टा अरिनिको राजमार्ग अबरुद्ध हुँदा पाँचखाल नगरपालिकाको दमकल आउन सकेन । उक्त आगलागीबाट नजिकको बस्ती र विद्यालयमा जनधनको क्षति हुनबाट सुरक्षाकर्मी र स्थानीयले नै जोगाएका थिए । यस्तै, जिल्लाका अन्य स्थानमा भएका आगलागीका कारण बस्ती जोगाउन स्थानीय र विभिन्न संघ संगठनका व्यक्तिहरुनै लाग्नु परेको देखिन्छ । यसरी आगलागीका घटनामा बृद्धि भई.रहँदा समितिले गम्भीर चासो देखाउनुपर्ने हो, सो भएको पाईंदैन ।
जिल्लाको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा ८ सय १६ हेक्टर वन जलेर नष्ट भएको छ । करिव तीन महिनाको अवधिमा उक्त क्षेत्रत्रफलमा आगलागी भई क्षति पुगेको डिभिजन वन कार्यालयध धुलिखेलले जनाएको छ ।
जिल्लाका नीजि वन–पाखा, घर तथा टहरामासमेत पनि आगलागी भएको घटना भएका छन् ।
कार्यालयका अनुसार जिल्लास्थित सव–डिभिजन वन कार्यालयअन्र्तगतका केही सामुदायिक र राष्ट्रिय वनमा आगलागी भइरहेको छ । केही स्थानमा आगलागी नियन्त्रणमा आए पनि केही स्थानमा आगलागी भईरहेको वनकार्यालयले जनाएको छ ।
वन कार्यालयका वन अधिकृत चिनकाजी श्रेष्ठका अनुसार वैशाख तेस्रो सातासम्म सव–डिभिजन वन कार्यालय चौवासअन्तर्गत १० स्थानमा आगलागी हुँदा ४ सय २२ हेक्टर वनमा क्षति पुगेको छ ।
यस्तै सव–डिभिजन जनागालअन्र्तगत चार स्थानको ३२ हेक्टर, सव–डिभीजन महादेवस्थान अन्तर्गत ५ स्थानमा ५२ हेक्टर, सव–डिभिजन कटुन्जेअन्र्तगत २ स्थानमा एक सय ८२ हेक्टरमा आगलागी भएको उनले जानकारी दिए । त्यस्तै सव–डिभिजन खोपासीअन्र्तगत ९ स्थानमा ९३ हेक्टर, सव–डिभीजन नमोबुद्धअन्र्तगत १५ स्थानमा एक सय ४४ हेक्टरमा आगलागी भएको जनाइएको छ ।
तेमालमा एक जनाको आगो निभाउन जाने क्रममा एक जनाको निधन भएको थियो । यस्तै आगलागीका क्रममा नौ जना घाइते भएका छन् । वन–पाखा, घर–टहरा तथा जंगलमा आगलागी हुँदा स्थानीय, प्रहरी, ससस्त्र प्रहरी तथा केही स्थानमो दमकलबाट सहायताबाट आगो नियन्त्रणमा लिने गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
कार्यलय प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार वनमा आगलागी गर्ने केही ब्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएर कार्वाही पनि गरिएको बताईन् । आगलागीका कारण वन्यजन्तु, बोट विरुवा र लोपोन्मुख वनस्पतीसमेत नष्ट भएको जनाइएको छ ।
डिभिजन वन कार्यालयले केहि बन्यजन्तुको उद्धार गरेको उनले जानकारी दिए । उनका अनुसार उद्धार गरिएकामध्ये सुन कछुवा जिउँदै उद्धार भएको छ भने तीन वटा भाले चितुवा, एक पोथी चितुवा तथा एक रतुवा मृग, एक दुम्सी मृत अवस्थामा फेला पारिएको थियो भने मृगको एक बच्चा जिउँदै अवस्थामा फेला पारिएको हो । दुम्सी मृत अवस्थामा फेला परेको छ । मृत अवस्थामा फेला परेको छ ।
वन कर्मचारीप्रति बदलाको भावना, जंगलमा घाँस पलाउने धारणा, वनमा रहेका बोटबिरुवामा राम्रो फल फल्ने आशा, चोरी शिकारीले जंगलीजन्तुको शिकार गर्न सहज बनाउने उद्देश्यले जिल्लाका सामुदायिक वनमा डढेलो लगाउने गरेको बताइन्छ । सामुदायिक वनमा डढेलो लाग्न नदिन जिल्ला वन डिभिजन कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेतनामूलक होडिङ बोर्ड राख्नुका साथै डढेलोबाट हुने बेफाइदा, हानी–नोक्सानी र कानूनी व्यवस्थाका बारेमा प्रचारप्रसार गर्दै आएको जनाएको छ ।



















