मंगलबार, बैशाख ०८, २०८३
सर्वोच्च अदालतकाे सबै सुनुवाइ स्थगित

काठमाडौँ । सर्वोच्च अदालतको आजको पेसी सूचीमा रहेका सबै सुनुवाइ स्थगित भएको छ ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको खबरपछि आज सबै सुनुवाइ स्थगित भएको हो ।

सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेका अनुसार सर्वोच्चमा बिहीबार प्रशासनिक काम कारबाही मात्र हुनेछ । यससँगै गण्डकी प्रदेश सरकार विरूद्धको रिटमाथिको सुनुवाइ रोकिएको छ ।

तर, कोसीमा प्रदेश प्रमुखको नयाँ सरकार गठनका लागि आह्वान गर्ने निर्णयविरूद्ध कांग्रेसले दायर गर्न लागेको रिटका लागि भने प्रशासनिक बाधा परेको छैन ।

सिफारिस

ताजा समाचार

लोकप्रिय