काभ्रे । जिल्लाको पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जनाको शव फेला परेको छ। पाँचखाल नगरपालिका- ४ फेदी र जिरोकिलोको बीच भागमा पूर्ण रुपमा जलेको अवस्थामा शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए ।
उनका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा जङ्गलमा शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन।
जलेको शवको उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा घटना ५/६ दिन अघिको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा कुकुरसहितको प्रहरीको अनुशन्धान टोली काठमाडौंबाट ल्याएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।



















