फाइट गर्दै आँचल

काठमाडौं । आँचल शर्माको लागि ‘वर एण्ड वधु’ अभिनयको हिसाबले खास हुनेछ । यो सोसल-ड्रामा फिल्ममा दर्शकले उनको एक्सन अवतार हेर्न पाउनेछन् । यतिबेला काठमाडौंमा फिल्मको एक्सन दृश्यको छायांकन चलिरहेको छ ।

सेटबाट प्राप्त तस्वीरमा शर्मा एक्सन अवतारमा प्रस्तुत छिन् भने भिलेनसँग फाइट गरिरहेको देख्न सकिन्छ । केही महिनादेखि यो सिक्वेन्सका लागि उनले एक्सन सिकिरहेकी थिइन् ।

डेब्यु एक्टर विवेक कर्माचार्य र आँचलको एक्सनका दृश्य सुटिङ भैरहेको छायांकार सुदीप बरालले जनाए । यी एक्सनको कोरियोग्राफी हिमाल केसीले गरिरहेका छन् । केसीले भने, ‘आँचलको काम गर्ने शैली गज्जब लाग्यो । एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न तयार छिन् ।’

आँचलले आफूलाई जुन तरिकाको एक्सन गर्न मन लागेको थियो त्यस्तै काम गर्न पाएको बताइन् । ‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु । म भित्र एक्सनका लागि इनर्जी उस्तै छ’ आँचलले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस