काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएपछि सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेकतबिच छलफल भइरहेको छ ।
दिउँसो ४ बजे बसेको बैठक कांग्रेसको अवरोधपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका थिए । एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसद्को अवरोध खुलाउँनका लागि नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा सभामुख र प्रमुख सचेतकबिच छलफल भइरहेको छ ।



















