मंगलबार, बैशाख ०८, २०८३
काभ्रेमा कार्यालयस्तरीय समीक्ष सम्पन्न

काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा चालु आ.व. २०८०÷०८१ को ‘कार्यालयस्तरीय तेस्रो त्र्रमासिक समीक्षा एवं संघ, प्रदेश तथा स्थानीइस्तरीय सेवा–प्रवाह र विकास निर्माण सम्बन्धी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रमको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको प्रमुख अतिथित्वमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै मन्त्री जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता रहेको बताए ।

राजनीतिक स्थायित्वले दिगो विकास र नवप्रवर्तन कार्यलाई निरन्तरता दिनसक्ने भएकाले सुन्दर देश निर्माणमा ‘सत्तापक्ष वा विपक्ष’ सबै पक्षको उत्तिकै दायित्व भएको उनको भनाई थियो । मन्त्री जोशीले देशभक्त कर्मचारीलेनै नागरिकलाई सुशासन प्रदान गर्ने बताए ।

जनताले अनुभूत गर्नेगरी सुशासन प्रदान गर्नु कर्मचारीकै दायित्व हो, कसरी अझ सेवा प्रभावकारी बनाउनु सकिन्छ त्यसबारे सबै कर्मचारी एक जुट भई लाग्नु समेत उनले आग्रह गरे ।

कर्मचारी दुई बर्ष सरुवा नहुने प्रावधान भएपनि त्यसो नभएकोमा चिन्ता व्यक्त गर्ने तत् विषयमा आफ्नो मन्त्रालय गम्भीर रहेको बताए । संघीय निजामति ऐन आएपछि कर्मचारीका सबै विषय हल हुनेमा आफु विश्वस्त रहेको समेत मन्त्री जोशीको भनाई थियो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले संघीय सरकार परिवर्तन सगै कर्मचारीलाई समेत फेरबदल गर्दा स्थानिय निकायमा काम गर्न असजिलो भएको बताए । कमस्तीमा पनि एउटा प्रमुख प्रशासकीय अधिकृत एक वर्ष अघि सरुवा नगर्न मन्त्री जोशीलाई उनले आग्रह गरे ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, पनौती कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, मण्डनदेउपुर नगरपाकिलाका नगरप्रमुख टोकबहादुर वाईवा, बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले संघीय सरकारले कर्मचारी हेरफेर गर्दा एकपटक स्थानिय सरकार सँग समन्वय गर्ने आग्रह गरे ।

खुल्ला छलफल तथा अन्र्तक्रियामा नगरपालिका उपप्रमुख गिता बञ्जारा, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई, कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यज्ञप्रसाद वली लगायतले संघीयता कार्यान्वयन हुन नसकेकोमा दुखेसो गरे ।

कार्यक्रममा बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव हुमकला पाण्डे, काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले स्थानीय तहको सेवा–प्रवाहमा सरल एवं सहजतामा ध्यान दिन सुझाव दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिसस उपप्रमुख रिम बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा समन्वय प्रमुख दिपक गौतमले जिल्लाका विभिन्न योजनाहरुमा आवश्यक समन्वय भईरहेको बताएका थिए । उनले १३ वटै स्थानिय निकायमा जिल्ला समन्वयले गर्नुपर्ने समन्वयन भूमिका निभाईरहेको र भोलिका दिनमा पनि यसरी नै साथ र सहयोग रहने गरि आफूहरु अगाडि बढ्ने बताए ।

कार्यक्रममा जिल्ला भित्र रहेका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत तथा कार्यालय प्रमुख सहित विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा जिल्ला समन्वय अधिकारी दिवाकर भुजेलले जिल्लाका कार्यालयहरुको चैत्र मसान्त सम्मको कार्य प्रगतिका बारेमा जानकारी गराएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय