काभ्रे । जिल्लाको खानिखोला गाउँपालिका वडा-३ जुरेमा जग्गाको निस्सा र वृद्ध भत्ता वितरण सम्पन्न भएको छ ।
आइतबार जुरेमा एकै दिन तीन वटा कार्यक्रमका खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन भएको छ ।
जेष्ठ नागरिक आमा, वुवाको लागि भेट्घाटसंगै वडामा धेरै मेहेनत र संघर्ष गरी वडा वडामा खुसी लिएर आएको र खुसीसंगै वृद्ध आमा, वुवा, आपाङ्ग, विधुवाहरुका लागि वृद्ध भत्ता लिएर आएको र मौसम अनुसार वृद्ध आमा, वुवाका लागि छाता, लौरो लिएर वडामा खुसी साट्न आएका अध्यक्ष इन्द्र बहादुर थिङ्ले बताए ।
वृद्ध भत्ताको अनिमियतका कारण यस अघि वृद्ध भत्ता बैंक मार्फत बितरण गर्दै आएको थियो । भन्ने भौगोलिक आकार विकटताले गर्दा वृद्ध आमा, वुवालाई अति सास्ती भएकोले बैंकको समन्वयमा अब देखि वडाबाटै वृद्ध भत्ता बितरण गर्ने भएको छ ।
तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिहरु जेष्ठ नागारिक ,एकल ,विद्यवा,पुर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो बितरण गरेका छन् । जम्मा वृद्ध, एकल, विद्यवा, पुर्ण अपाङ्गगता गरी ११६ जना रहेकोमा ७० जना वृद्ध आमा, बुवालाई छाता र लौरो र २५ जनालाई निस्सा वितरण गरेका छन् ।



















