मंगलबार, बैशाख ०८, २०८३
अनलाइन सट्टेबाजीमा दुई अर्ब एक करोड अवैध कारोबार गर्ने काभ्रेका ढुंगाना पक्राउ

काभ्रे । प्रहरीले अनलाइन बेट्रिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने काभ्रे मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगानालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ढुंगानाले विभिन्न माध्यमबाट दुई अर्ब एक करोड बढीको कारोबार गरेको प्रारम्भिक अनुसनधानबाट खुलेको बताए ।

११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिङ्क गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको जानकारी दिए । त्यस्तै, १५ वटा वालेटहरु प्रयोग गरी पाँच करोडभन्दा बढी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।

पक्राउ परेका ढुंगानालाई नेपालको कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय