मंगलबार, बैशाख ०८, २०८३
सूचनामा युवाको पहुँच बढाउदै

काभ्रे । जिल्लाको बनेपा नगरपालिकाले प्रवाह गरेको सूचनामा युवाको पँहुच कस्तो रहेको छ भनेर बृहत अन्तरकृया गरिएको छ । एकाउन्टबिलीटी ल्याब नेपालले संञ्चालन गरिरहेको लोकतन्त्रमा युवा सहभागिता परियोजनाले बनेपाको स्मार्ट प्यालेसमा अन्तरकृया आयोजना गरेको हो ।

सोमबार विभिन्न समुहका युवाहरुको सहभागितामा भएको अन्तरकृयामा बनेपा नगरपालिकाको उपप्रमुख बिमला सापकोटा, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, वडा नं १० का सदस्य सुसील थापाको सहभागिता रहेको थियो । बनेपा नगरपालिकाका जनप्रतिनिधि, सकृय युवा पत्रकार, एकल महिला, कृषक समुह, जनप्रतिनिधि, क्याम्पसका विद्यार्थीहरु वैदेशिक रोजगारबाट फर्किएका युवाहरु, युवा उद्यमीहरुको सहभागिता रहेको थियो ।

अन्तरकृयालाई सम्बोधन गर्दै बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले राज्यले नदेखेको बिषय सामाजिक संस्थाले देख्ने भएकाले सामाजिक संघ संस्थासँग सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको उल्लेख गरिन् । बनेपा नगरपालिकाले प्रवाह गरेको सूचना प्रवाहको बारेमा एकाउन्टबिलिटी ल्याबले गरेको सर्भेलाई राम्रोसँग अध्ययन गरेर सकेसम्म धेरैभन्दा धेरैमा सूचना प्रवाह गर्ने नीतिलाई अबलम्बन गरिने उनिले प्रतिबद्धता व्यक्त गरिन् ।

बनेपा नगरपालिका वडा नं ५ का अध्यक्ष बलराम अधिकारीले सूचना नपुगेको सर्भेको रिजल्ट आएकाले त्यसको पुनरावलोकन गर्ने बताए । सामाजिक संञ्जाल नागरिक वडापत्रसँगै उपभोक्ता समितिको मार्फत सूचना प्रवाह गर्ने गरेको उनले जानकारी दिए । उनले भुईमान्छेसम्म सूचना पुग्नु पर्ने भएकाले सोही अनुसार योजना बनाउने उल्लेख गरे ।

राजन अधिकारीले कल्सलटेन्सीको सूचना सहजै पाउने तर स्थानीय तहका सूचना सहजै पाउन नसक्नु बिडम्बना रहेको बताउँदै यस्ता बिषयमा स्थानीय तहले ध्यान पु¥याउन आवश्यक रहेको बताए ।
श्रमिकको क्षेत्रमा काम गर्ने युवाले सूचना नपााउने उनले गुनासो गरे ।

बरिष्ठ संचारकर्मी राजकुमार पराजुलीले युवाको सवालमा स्थानीय तहले सही सूचना समयमै दिन आवश्यक रहेको बताए । सेवाप्रदायकसँग सहकार्य गरेर अघि बढ्नु नै अहिले मुख्य बिषय रहेको उनले बताए ।

संचारिका समुहको अध्यक्ष सुनिता सापकोटाले ४० बर्षमाथिका महिलाले अझै पनि सूचना पाउन नसकेको बताईन । उनिले महिला जनप्रतिनिधि मार्फत महिलाहरुमा धेरैभन्दा धेरै सूचना प्रवाह गर्न आवश्यक रहेको उल्लेख गरिन् ।

मोहन बहादुर गजुरेलले श्रमिक युवाले समयमै सूचना पाउन नसक्दा त्यसले समस्या बढिरहेको बताए । केशवराज पौडेलले सहजीकरण गरेको कार्यक्रममा बनेपा नगरपालिकामा युवासँग गरिएको सर्भेक्षण सार्वजनिक गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय