कांग्रेसले जेठ १३ को प्रदर्शनका लागि तोक्यो १५ कमान्डर

काभ्रे । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनकाे तयारीका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रदर्शनका क्रममा उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेको हो । जसअनुसार काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जनालाई जिम्मेवारी तोकिएको छ ।

काठमाडौँमा केन्द्रीय सदस्यहरू अब्दुल सतार, सीता थपलिया, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा.डिला सङ्ग्रौला र सरिता प्रसाईंलाई खटाइएको छ ।

ललितपुरमा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू देवेन्द्रराज कँडेल र अर्जुन जोशीलाई खटाइएको छ । कांग्रेसले भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामालाई खटाएको छ । बानियाँ बागमती प्रदेश सभापति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस