काभ्रे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रे शाखाको आयोजना तथा रोशी गाउँपालिकाको आर्थिक सहयोग र पब्लिक अफेयर्स रिसर्च एण्ड कम्युनिकेसन्सको प्राबिधिक सहयोगमा चारदिने मोबाइल जर्नालिजम (मोजो) तालिम सम्पन्न भएको छ ।

सञ्चार र प्रविधिको विकासले फट्को मारिसकेको अवस्थामा काभ्रे जिल्लामा क्रियाशिल पत्रकारको क्षमता विकास गर्न अबको पत्रकारिताले सञ्चार प्रविधिको प्रयोग र गुणस्तरमा विकास गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै फोनिज संघिय अध्यक्ष गजुरधन राईले अहिले सञ्चारको क्षेत्रमा मोबाइल पत्रकारिताको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रविधिको सही सदुपयोग गर्दै पत्रकारितालाई अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । पछिल्लो समयमा प्रविधिको दुरुपयोग भइरहेको बताउनुहुँदै उहाँले यसप्रति सञ्चारकर्मी सचेत हुनुपर्ने समेत बताउनुभयो ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले सूचना प्रविधि आजको आवश्यकता भएकोे बताउनुभयो । काभ्रेपलाञ्चोक भित्रका पत्रकारहरुको मोवाइल पत्रकारितालाई गुणस्तरीय बनाउने उद्देश्यले विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो । उहाँले पत्रकारितालाई गुणस्तरीय बनाउन पत्रकार आफैंले मिहिनेत गनुपर्ने समेत बताउनुभयो । लामाले पत्रकारिता गर्न इच्छुकहरुलाई यस अघि पनि तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश इन्चार्ज पेमा लामा, फोनिज बागमती प्रदेश अध्यक्ष युबराज श्रेष्ठ, प्रशिक्षकहरु आनन्द कुमार श्रेष्ठ, प्रकाशचन्द्र जिम्बा र अमरदिप श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्वअध्यक्षद्वय इश्वरी ओझा र मोतिराम तिमल्सिना, समाजवादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष ध्रुब रायमाझी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कपिल दनुवार, फोनिज बागमती प्रदेश सचिव शिशिर लामा, तामाङ पत्रकार संघ बागमती प्रदेश सचिव जगत तामाङ, प्रेस सेन्टर नेपाल बागमती प्रदेश सचिव सन्तोष दाहाल, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष सन्तोष चौलागाईं, तामाङ पत्रकार संघ काभ्रेका अध्यक्ष अञ्जली तामाङ, नेपाल पत्रकार महासंघ काभ्रेका कोषाध्यक्ष केदार तिमल्सिना, अग्रज पत्रजारहरु नवराज बजगाइ, रजकुमार पराजुली, शिखर चिमौरिया लगायतको उपस्थिति रहेको थियो ।



















