प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीबीच अन्तर्क्रिया, सुशासन सहितको सेवा दिने प्रतिवद्धता

काभ्रे । जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईले जिल्लामा आफू रहुन्जेल नागरिकलाई सुशासन सहितको सेवा दिने प्रतिवद्धता गरेका छन् । भर्खरै काभ्रे जिल्लामा सरुवा भई आएका प्रजिअ सेढाइले जनताले अब कष्टकर रुपमा सेवा प्राप्त गर्नु नपर्ने र सजहता वाताबरणमा आफ्नो कार्यालयबाट सेवा दिने प्रयत्न गर्न बताएका छन् ।

आज (बुधबार) जिल्लामा क्रियाशिल पत्रकारहरुसगँको भेटघाट कार्यक्रममा उनले जिल्लाको शान्ति सुरक्षालगायत समग्र समस्या र कार्यालयबाट भईरहेको सेवाको विषयमा काभ्रे जिल्लामा पत्रकारसँगको अन्तक्रियामा उनले यस्तो बताएका हुन् ।

जिल्लामा क्रियाशील सञ्चारकर्मीले हाल भईरहेको नागरिकता, पासपोर्ट (राहदानी) एवं राष्ट्रिय परिचय पत्र वितरणमा ढिलाइ तथा यस विषयमा नागरिकले भोग्नुपरेको समस्या तथा अन्य प्रशासनिक गतिविधिका विषयमा प्रजिअ सेढाईंलाई जानकारी गराएका थिए ।

यस्तै प्रजिअ सेढाईंले जिल्लामा भएका अनैतिक एवं अवैध गतिविधिबारे मलाई पनि जानकारी गराउनुस्, तत्काल एक्सनमा जान्छु’ सञ्चारकर्मीलाई लक्षित गर्दै उनले भने ।

जिल्लामा बजार एवं उद्योग अनुगमनका विषयमा तपाईंको कदम कस्तो रहन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रजिअ सेढाईंले भने ‘यस अघि के कस्तो रह्यो मलाई जानकारी छैन, म जिल्लामा रहँदा सूचना प्रदान कार्यलाई सहज बनाउनेछु र अनियमितता, अवैध रुपमा सञ्चालित जुनसुकै गतिविधि वा औद्योगिक संस्था र बजारलाई नियमसंगत ढङ्गले अनुगमन गरी कार्वाहीको दायरामा ल्याउनेछु उनले भने ।

विपद्को समयमा स्थानीय तहसँगको समन्वयमा विपदजन्य घटनाको न्यूनीकरणमा लाग्ने उनको भनाई थियो । यसैगरि प्रजिअ सेढाईंले जिल्लाको शान्ति सुरक्षा, अमनचयनमा कुनै अवरोध आउन नदिन अहोरात्र खट्नेसमेत प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस