काभ्रेमा कर्मचारीको मिलेमतोमा जारी भएका ११ थान नागरिकता रद्ध

काभ्रे । काभ्रेमा झुटो विवरण पेश गरि लिईएका ११ थान नक्कली नागरिकता रद्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले झुटो विवरण पेश गरि बनाईएको एक चिनियासहित ११ जनाको नक्कली नागरिकता रद्ध गरेको हो ।

तत्कालिन अधिकृतद्धय झपेन्द्रराज खरेल र भुपेन्द्र पाण्डे तथा नायब सुब्बा रामचन्द्र अर्याल भएका बेला जारी गरिएका ११ थान नागरिकता रद्ध गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । कर्मचारीको मिलेमतोमा जारी भएका सबै नागरिकता एउटै वर्ष जारी भएको पाईएको छ ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलका अनुसार चिरञ्जीवी दुलाल, श्याम भण्डारी, लिलापन्थ भण्डारी, श्रीराम न्यौपाने, निमा तामाङ, पासाङ तामाङ, गोविन्द भट्टराई, रञ्जिता थापा, राजु गुरुङ, सीता पापने र तेन्जिङ सोनाम तामाङको नाममा रहेको नागरिकता रद्ध गरिएको हो । त्यसमध्य निमा तामाङको नाममा नागरिकता लिने व्यक्ति चिनिया नागरिक रहेका छन् । चिनिया नागरिक छिरिङलाई निमा तामाङ नाम राखेर झुटो विवरण पेस गरि २०७४ पुस २० गते काभ्रे जिल्ला प्रशासनबाट वंशजको आधारमा नागरिकता प्रदान गरिएको खुलेको छ ।

नक्कली नागरिकता लिने कार्यमा संलग्न राजु गुरुङ यसअघि नै पक्राउ परि धरौटीमा रिहा भएका छन् । गुरुङले दिएको बयान अनुसार कर्मचारीलाई पाँच लाख बुझाएर नागरिकता र राहदानी लिईएको थियो । नक्कली नागरिकता प्रदान गर्ने खरेललाई उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि धरौटी रकम नबुझाएका उनी बन्दै अवस्थामै रहेको काभ्रे प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय