चण्डेश्वरी जात्रामा घाइते भएका युवाको उपचारका क्रममा निधन

काभ्रे । जिल्लाको बनेपामा हरेक वर्ष चल्ने चण्डेश्वरी जात्रामा केही दिन अघि चलेको जात्रामा झडपमा परी घाइते भएका सुबिन मानन्धरको मृत्यु भएको छ । जेठ १० गते देखि चलेको जात्रा तीन दिनसम्म चलेको थियो ।

जेठ ११ गते राति ८ः३० बजे बनेपा तिनधारामा दुई समूहबीच झगडा हुँदा स्थानीय २३ वर्षका सुबिन मानन्धरलाई रथको चुकुलले बनेपा– ९ का २४ वर्षीय सुरज खड्गीले प्रहार गरेका थिए ।

मानन्धरको अन्नपूर्ण अस्पतालमा उपचार गराइरहेका थिए भने उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । खड्गीलाई पक्राउ गरी उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस