बेथानचोकमा १०८ पारायण हुने

काभ्रे । जिल्लाको पर्यटकीय स्थान बेथानचोकको ढुङखर्कमा १०८ श्रीमततारतम सागर तथा श्रीमद्भागवतको कृष्ण कथा हुने भएको छ ।

नवतनधामका प्रमुख महन्त १०८ पुरुषोत्तम महाराजजिको प्रमुख आतिथ्यतामा बसेको भेलाले आगामी कार्तिक २ गतेदेखी ८ गतेसम्म १०८ श्रीमततारतम सागर तथा श्रीमद्भागवतको कृष्ण कथा हुने गरि श्री कृष्णप्रणामी बाइजुराज समितिका पुर्व अध्यक्ष तथा बेथानचोककी चेली सामाजिक ब्याक्तित्व गिता शर्माको संयोजकत्वमा १०८ मुल समारोह समिती गठन भएको छ।

समितिका सह संयोजकमा श्री कृष्ण प्रणामी सेवा समिती नेपाल काभ्रे जिल्ला समिती अध्यक्ष रेवती प्रसाद सापकोटा र ढुङखर्क इकाइका सस्थापक भिमसेन तिमल्सिना र महासचिवमा श्री कृष्ण प्रणामी सेवा समितीनेपाल काभ्रे जिल्ला सचिब बलराम बजगाई चयन भएका हुन् ।

भेलाले २३ उपसमिति गठन गर्ने र आवश्यक पर्दा थप गर्ने गरि बह्रम्मुनी उपसमिति संयोजकमा प्रणामी समाजका बिद्वान धर्म प्रचारक प्रल्हादराज शास्त्री, बैद्विक अनुष्ठान उपसमिति संयोजकमा ज्यो. ध्रुवराज न्यौपाने, स्वमसेवक ब्यस्थापन उपसमिति संयोजकमा श्री कृष्ण प्रणामी, युवा परिषद काभ्रेका अध्यक्ष उद्वब प्रसाद तिमल्सिना, कार्यक्रम स्थलको जग्गा ब्यवस्थापन उपसमिति संयोजकमा हुद्वराज तिमल्सिना, भान्सा ब्यवस्थापन उपसमिति संयोजकमा बद्री प्रसाद तिमल्सिना, आवास ब्यवस्थापन सम्योजकमा इन्द्र बहादुर तिमल्सिना, अतिथी सत्कार उपसमितिको संयोजकमा बद्री प्रसाद फुयाल, स्वास्थ सेवा उपसमितिको संयोगजकमा रमेश लामिछानेलाई चयन गरेको छ ।

कार्यक्रममा सेवा समिती नेपालका केन्द्रिय अध्यक्ष श्यामकृष्ण शर्मा, निवर्तमान अध्यक्ष श्याम के सि लगायत पदाधिकारीहरु धर्म प्रचारक प्रल्हादराज शास्त्री, घनश्याम अधिकारी, शुदर्शन तिमल्सिना प्रणामी समाजका अग्रज सुन्दरसाथहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय