सोमबार, बैशाख ०७, २०८३
काभ्रेको महाभारतमा दम्पती हत्यामा संलग्न रहेका एकेन्द्र सार्की पक्राउ

काभ्रे । जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तिनखुट्टेमा यही जेठ ७ गते भएको दम्पत्ति हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आज पत्रकार सम्मेलन गरेर ६१ वर्षीय मान बहादुर बल र ६१ वर्षीय केकै माया तामाङ्‌नीको हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार दम्पत्तिको हत्यामा संलग्न सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ घर का ३८ वर्षीय एकेन्द्र सार्की हुन् । एकेन्द्र सडक निर्माणमा मजदुरी गर्न महाभारत गाउँपालिकाको वडा नम्बर ४ पुगेका थिए। उनको १ श्रीमती, २ छोरा र छोरी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ‘अप्रेशन महाभारत’ नाम दिएर दम्पत्तिको हत्यामा संलग्नको खोजी गरेको थियो। एकेन्द्रले जेठ ७ गते राती मान बहादुर बल र निजको श्रीमती केकै माया तामाङनीलाई फलामको रड र फलामको घन लगायतका औजारहरु प्रयोग गरी हत्या गरेर बलको मोबाइल, मृतक केकै माया मान बहादुर मृतक तामाङनीले लगाएका सुनका गरगहनाहरु, मृतकहरुको पसलमा रहेको रिचार्ज कार्डहरु तथा नगद रकम समेत लुटी लगेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एकेन्द्र मृतकहरुको पसलमा बेलाबखतमा गईरहने गरेका थिए । उनको आर्थिक स्थिती कमजोर भएको, निजको तीन लाख रुपैयाँ भन्दा बढी ऋण तिर्न बाँकी रहेको र सो रकम मध्यमा सालीको ५० हजार रुपैंया जेठ महिना भित्र तिर्न पर्ने भन्ने कुरा खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

पसलमा रहेको पैसाहरु र मृतकले लगाएको सुनका गरगहनाहरु लुटी ऋण तिर्न सकिने आंकलन प्रतिवादीले घटना घट्नु भन्दा अगाडी गरेको अनुसन्धानबाट खुलेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय