काभ्रेको बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

काभ्रे । जिल्लाको बेथानचोकमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर-३ को आयोजना तथा श्री कृष्णगोपाल मा.विको समन्वयमा अभिभावक शिक्षा कार्यक्रम संचालन गरिएको हो ।

शिक्षक अभिभावकको संयुक्त दायित्व, शिक्षामा अभिबृद्दि सिकाईमा स्थायित्व भन्ने उदेश्यले संचालन गरिएको अभिभावक शिक्षा कार्यक्रममा बेथानचोक वडा नं ३ भित्र संचालनमा रहेको श्री कृष्णगोपाल माध्यामिक विद्यालय, बेथानचोक नारायणस्थान आधारभुत विद्यालय, जनप्रिय प्राथामिक विद्यालय, गोरखनाथ प्राथामिक विद्यालय र ज्ञानज्योती प्राथामिक विद्यालयका करीब २०० जना अभिभावकहरूको सहभागिता रहेको थियो ।

शिक्षाविद डा. बलराम तिमल्सिनाले अन्तरक्रियात्मक र प्रस्तुतिकरण मार्फत अभिभावकहरूलाई बालबालिकाहरूको शिक्षामा निभाउनु पर्ने भूमिकाको बिषयमा स्पष्ट पारेका थिए ।

बेथानचोक गाउँपालिकाका ३ नं वडा अध्यक्ष कुवेर ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, श्री कृष्णगोपाल माविका विद्यालय ब्यवस्थापन समितिको संयोजक कुमार संजेल, प्रधानाध्यापक ओम प्रसाद तिमल्सिना लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावकहरूको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस