काभ्रेमा बोलेरोले ठक्कर दिँदा ८४ वर्षका वृद्धको मृत्यु

काभ्रे । जिल्लाको नमोबुद्धमा गाडीले ठक्कर दिँदा ८४ वर्षका एक वृद्धको मृत्यु भएको छ।

मंगलबार राति पौने १० बजे बीपी राजमार्गमा पर्ने नमोबुद्ध नगरपालिका ७ भकुण्डेस्थित बुद्धचोकमा भकुण्डेबाट काभ्रेकै कटुन्जेतर्फ जाँदै गरेको बा १० च २४९६ नम्बको बोलेरो गाडीले ठककर दिँदा उनको मृत्यु भएको हो।

मृत्यु हुनेमा स्थानीय शेरबहादुर लामा रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारको क्रममा राति ११ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनापछि लामालाई ठक्कर दिने बोलेरो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस