मंगलबार, बैशाख ०८, २०८३
काभ्रेको खानीखोलामा खुवा उद्योग निर्माण हुदै

काभ्रे । जिल्लाको खानिखोला गाउँपालिका- ५, तालढुंगामा दुधको खुवा उद्योग निर्माण हुने भएको छ । वडा नम्बर-५, ताल्ढुङ्गामा नमूना शहर बन्ने भएसंगै खुवालाई  ब्रान्ड बनाउने उद्देश्यले खुवा उद्योगको निर्माण गर्न लागेको हो ।

खानिखोला गाउँपालिका–५ स्थित तालढुङ्गामा ५ करोडको लागतमा आर सि.सि भवन  दुधको खुवा बनाउने उद्योग निर्माण हुने यस उद्योगका व्यवस्थापक निर्मल लामाले बताए ।

स्थानीय किसानहरुको आवश्यकता र माग अनुसार खुवालाई नेपालकै ब्रान्ड बनाएर बिदेशमा समेत निर्यात गर्ने उद्धेश्यले यो उद्योग निर्माण हुन लागेको उनको भनाई छ। स्थानीय किसानलाई खुवाको ब्रान्डसंगै राम्रो मुल्यको व्यवस्थापन गर्न उद्योग स्थापनाले सहयोग पुग्ने लामाको भनाइ थियो।

खुवा उद्योगको लगानीमा उद्योगका लागि चाहिने भवन निर्माणको काम शुरु गरिएको र उपकरण तथा सामग्री धमाधम आयात भइरहेको जानकारी व्यवस्थापक लामाले दिए । उनका अनुसार उद्योगको कूल लागत हाल  ५ करोड  रहेको र आवश्यकता अनुसार थप्दै जानेछ ।

खुवाको ‘हब’ बनाउन नयाँ किसानहरुलाई पशुपालन र खुवा व्यवसायमा लाग्न प्रेरित गर्न अनुदानको व्यवस्था मिलाउनुपर्ने कुरामा उनले जोड दिए ।

छिमेकी गाउँपालिका बेथानचोक र ललितपुरको बागमती गाउँपालिकामा खुवाको प्रती धार्नी रु.१४ सयमा बिक्री हुन्छ । खानिखोला खुवा उद्योग सञ्चालन भए पश्चात् खानिखोला ब्रान्ड खुवा र किसानले अरु  गाउँपालिकाको बराबर मुल्य  पाउने र दिने उद्योग संन्चालक लामाले बताए ।

उद्योग निर्माणकार्यका लागि खानिखोला गाउँपालिका सरकार र वडा सरकारको अतुलनीय भुमिका र सहयोग रहेको छ । खुवाको लागि भैँसीको दूध एकदम राम्रो हुने भएकाेले पछिल्लो समय भैँसीपालनमा किसानहरु आकर्षित भएका छन्  ।

सुरुमा खुवाको बारे त्यति चर्चा नभए पनि  अहिले खुवाले बजार पनि पाउन थालेको छ। दूधलाई कराईमा आगोले तताएर लगभग दुई घण्टा पन्युले चलाउँदै गएपछि खुवा बन्दछ। खुवा पछिल्लो समय कोसेलीका रुपमा पनि लिने गरिन्छ। यसको बजार नेपालभर मात्र होइन, विदेशमा पनि कोसेलीका रुपमा पनि पुग्ने गरेको लामा बताउँछन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय