काभ्रेको रोशीमा अनिवार्य तथा निःशुल्क शिक्षा लागु

काभ्रे । जिल्लाको रोशी गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा भएको छ । बिहिबार रोशी गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा गरिएको हो ।

शिक्षा विकास निर्देशनालय, हेटौंडाका महानिर्देशक दिपेन्द्र सुवेदीले रोशी गाउँपालिका अनिवार्य तथा निः शुल्क शिक्षा कार्यान्वयन भएको स्थानिय तह घोषणा गरेका हुन् ।

कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसंगै बालश्रम, बालविवाह उन्मुलनको लागि आधार तय हुने दावी गरे । गाउँपालिकाको १ देखि १२ वडा सम्मको ६ हजार ७ सय ५२ घरधुरीका ५ हजार ७ सय ४ जना ४ बर्षदेखि १३ बर्षसम्मका बालबालिकालाई आधारभूत शिक्षा अनिवार्य र माध्यमिक तह निशुल्क भएको सुनिस्चित भएपछि घोषणा गरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

सो उमेर समुहका सबै बालबालिका विद्यालय भर्ना भएको वडाहरु मार्फत जानकारी भएपछि अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानिय तह घोषणा गर्न प्रस्ताव गरिएको उनले बताए । अध्यक्ष लामाले संविधानमा भएको व्यवस्था लागु गर्न नेपाल सरकारले सुरु गरेको अभियानमा रोशी सरकारले पुर्णता दिएको बताए ।

अनिवार्य तथा निःशुल्क शिक्षा लागुभएपछि पनि अभिभावकले आफ्नो बालबालिकालाई आधारभूत शिक्षा प्रदान नगरेमा राज्यबाट पाउने सेवा सुविधा (नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्र) नपाउने ऐनमा नै व्यवस्था भएको प्रमुख प्रशासकिय अधिकृत राम तामाङले बताए । कार्यक्रममा शिक्षा, विकास तथा समन्वय इकाइ धुलिखेका प्रमुख देवका ढकालले अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएसंगै त्यसलाई टिकाउन चुनौती भएको भन्दै सबै सहकार्य आवस्यक भएको बताइन् ।

काभ्रेमा १३ स्थानिय तह मध्ये बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका मात्र अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थनिय तह घोषणा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस