सोमबार, बैशाख ०७, २०८३
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काभ्रेको एक महिला पक्राउ

काभ्रे । वैदेशिक रोजगारकाे लागि पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले काभ्रेको रोशी गाउँपालिका–३  की ३४ वर्षीया गोमा रानी थोकरलाई पक्राउ गरेकाे छ ।

काठमाडौं महानगरपालिका–१६ बौद्ध नयाँबस्ती बस्दै आएका थाेकरलाई पक्राउ गरेकाे हाे । उनिले आकर्षक तलवको प्रलोभन देखाई दुई जना पिडितहरुबाट १० लाख ३६ हजार रुपैंया लिएर सम्पर्क विहिन भएकी थिइन् ।

प्रहरीकोमा उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले काठमाडौंको नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय