काभ्रे । जिल्लाको भुम्लु गाउँपालिका-८ दोलालघाट स्थित सुनकोशी नदीको पुलबाट हाम फालेका ब्यक्तिको अवस्था अझै अज्ञात रहेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार पुलबाट हाम फालेका ब्यक्तिको खोजी जारी राखिएको छ । तर अहिलेसम्म भेटिएका छैनन् ।
दोलालघाटको सीसी क्यामेरामा गत ५ गते दिउँसो १ बजेर ४२ मिनेटमा ती ब्यक्तिले हाम फालेको दृश्य कैद भएको छ । दृश्यमा हाम फाल्ने ब्यक्ति केहीबेर अघिदेखि पुलमा आएर बसेको देखिन्छ ।
केहीबेर पुलमा बसिसकेपछि हाम फालेको दृश्यमा देखिएको छ । हाम फाल्ने ब्यक्तिको शरीरको माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो कपडा लगाएको देखिएको छ । सुनकोशीमा पानीको सहत समेत बढेको छ।
भिडियो हेर्नुहोस :
https://youtu.be/HTtEe5xUIPU?si=5tqqiRzWMi9XeoQx



















