मंगलबार, बैशाख ०८, २०८३
नमोबुद्धको पाँचौँ नगर अधिवेशन: नीति तथा कार्यक्रम सर्वसम्मत पारित

काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

आज सभाध्यक्ष एवं नगरप्रमुख कुनसाङ लामाले दोस्रो नगरसभा तथा पाँचौं अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

नगरपालिकाले ‘कृषि, पर्यटन र ब्यापारः समृद्ध नमोबुद्धको आधार’ भन्ने मुल नारालाई आत्मसात गर्दै नीति तथा कार्यक्रम ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास तथा नगरपालिकाले प्रत्येक वडामा नमुना फर्म स्थापना गरी सिकाई केन्द्रको रुपमा विकास गर्ने कार्यक्रम बनाएको छ ।

त्यस्तै एक गाउँ, एक कृषि तथा पशु प्राविधिक, एक वडा एक कृषि दुत तथा एक पालिका एक, पशु चिकित्सकको ब्यवस्थापन गरी कृषकको घर आँगनमै विज्ञ कृषि प्राविधिक सेवा उपलब्ध गराउने भएको छ ।

वडा नम्बर ३ को दाहालचौरमा निर्माणधिन कोल्डस्टोरको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने भएको छ ।

दुधमा जस्तै अण्डा र मासुमा पनि आत्मनिर्भर बनाउन बाख्रा, कुखुरा पालन पकेट क्षेत्र पहिनान गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय