रास्वपा धुलिखेल-४ को वडा अधिबेशन सम्पन्न, सभापतिमा कर्माचार्य

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुलिखेल नगरपालिका वडा नम्बर-४ को वडा कमिटीको सभापति रबिन्द्र कर्माचार्य भएका छन् । शनिबार सम्पन्न प्रथम वडा सम्मेलनले कर्माचार्यको सभापतित्वमा ११ सदस्यीय निर्विरोध निर्वाचित गरेको हो ।

उपसभापतिमा दामोदर तिमल्सिना, सचिवमा नानू खत्री रहेका छन् । सम्मेलनले ८ सदस्यीय समिति समेत चयन गरेको छ । जसमा सरोज कार्की, यज्ञबहादुर थापा, कुमार वाइबा, अनिल थापा, श्यामकृष्ण सुवाल, लोक कुमारी खरेल, चन्द्रावती थापा र जयराम मिजार रहेका छन् ।

प्रथम वडा अधिबेशन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको उपाध्यक्ष दिनेश हुमागाई प्रमुख अतिथिमा सम्पन्न भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धुलिखेल नगरपालिका वडा नम्बर-४ का नवनिर्वाचित वडा कमिटिका सभापति रबिन्द्र कर्माचार्यले प्रतिवद्धता समारोहलाई सम्बोधन गर्दै वडामा रास्वपालाई पहिलो पार्टी बनाउन आफु प्रतिबिद्ध भएर पार्टीका अग्रजहरुको सल्लाह सुझावहरुलाई मनन गर्दै कार्य सम्पादन गर्ने बताएका छन् ।

सम्मेलनकै अवसरमा बिभिन्न टोलका दर्जनौंको उपस्थिति रहेको थियो । उक्त सम्मेलनमा जिल्लाका सभापति, नगरका सभापति लगाएको उपस्तिथि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस