करण बने नेपाल आइडल सिजन-५ को विजेता
आइतबार, आषाढ १०, २०८१ | ०:२४:२१

काठमाडौँ । नव प्रतिभा करण परियार नेपाल आइडल सिजन-५ को विजेता बन्न सफल भएका छन् ।
शनिबार सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका परियारले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् । उनले ट्रफी सहित २५ लाख रुपैयाँ हात पारे ।
फर्स्ट रनरअप गुरुङ र सेकेन्ड रनरअप विश्वकर्मा भए भने गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेको नतिजा घोषणाका क्रममा जानकारी दिइयो ।
पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए। उनीहरूले देशभरिबाट अडिशनमार्फत नयाँ प्रतिभाको खोजी गरेका थिए।
त्यस्तै डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। यसअघि बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर नेपाल आइडल भएका थिए।