काभ्रे । जिल्लाकाे रोशी गाउँपालिका-११ मा रहेकाे जुगेश्वर माध्यमिक विद्यालयका एक शिक्षक जर्बजस्ति करणी अभियोगमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महाभारत गाउँपालिका-१ गोकुले घर भई हाल जुगेश्वर माध्यमिक विद्यालयमा कार्यरत २९ बर्षिय शिक्षक दिलकुमार श्रेष्ठ रहेका छन् ।
साेही विद्यालयमा कार्यरत एक शिक्षिकालाई जर्बजस्ति करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेले दर्ता भएपछि श्रेष्ठलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
जाहेरीमा २०८१ असार ६ गते रातिको समयमा शिक्षक श्रेष्ठले मादक पर्दाथ सेवन गरी जर्बजस्ति करणी गरेको उल्लेख छ । शिक्षक श्रेष्ठ असार ९ गते सोहि स्थानबाट पक्राउ परेका प्रहरीले जनाएकाे छ ।



















